बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार विदेश

सिरियामाथि लगाइएका सबै प्रतिबन्ध हटाउने अमेरिकी राष्ट्रपतिको प्रतिबद्धता

· बुधबार, ३१ वैशाख, २०८२ मा प्रकाशित
सिरियामाथि लगाइएका सबै प्रतिबन्ध हटाउने अमेरिकी राष्ट्रपतिको प्रतिबद्धता
काठमाण्डौं, वैशाख ३१ :

अमेरिकी राष्ट्रपति ट्रम्पले सिरियामाथि लगाइएका सबै प्रतिबन्ध हटाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

रियादमा बोल्दै अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो पहिलो  विदेश भ्रमणका क्रममा साउदी अरेबिया बलियो साझेदार रहेको समेत बताएका छन् ।

भ्रमणको पहिलो दिन अमेरिका र साउदी अरेबियाबीच १४२ अर्ब अमेरिकी डलर बराबरको हतियार सम्झौताको घोषणा गरिएको छ ।  अन्य लगानीका लागि १० खर्ब अमेरिकी डलर बराबरको लगानी हुने अनुमान गरिएको छ  ।

मङ्गलबार साउदी अरबमा ट्रम्पको  एक भव्य रुपमा स्वागत गरिएको थियो । 

ट्रम्पले अमेरिकी अर्थतन्त्रलाई प्रोत्साहन गर्न विदेशी लगानीकर्ताहरुलाई आकर्षित गर्ने प्रयास गरिरहेका छन् ।

संबोधनका क्रममा ट्रम्पले साउदी अरबलाई अब्राहम सम्झौतामा सामेल हुने आफ्नो सपना भएको बताएका छन् । जुन सम्झौता उनको पहिलो प्रशासनमा पनि गरिएको थियो  । जसले इजरायल र केही खाडी देशहरूसँगको सम्बन्धलाई पहिलो पटक सामान्य बनाएको थियो।तर मोहम्मद बिन सलमानले भने कि  जबसम्म गाझामा युद्धमा स्थायी अन्त्य हुँदैन र पलिस्तिनी राज्यको स्पष्ट मार्ग हुँदैन तबसम्म यो हुन सक्दैन । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार