शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल #यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल
राजनीति

जेठ ६ गते संसद्‍मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

सभामुख घिमिरेले सांसदहरूलाई जेठ २ गतेसम्म लिखित प्रश्न पेस गर्न पनि आग्रह गरेका छन् ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३० वैशाख, २०८२ मा प्रकाशित
जेठ ६ गते संसद्‍मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर
प्रधानमन्त्री केपी शर्मा ओली। फाइल तस्बिर।
काठमाडौं, वैशाख ३० :

आगामी जेठ ६ गते संसद्‍मा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । 

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेका त्यस बारेमा जानकारी दिएका हुन् । सभामुख घिमिरेका  अनुसार त्यस दिन सांसदहरूले प्रधानमन्त्रीसँग प्रत्यक्ष रूपमा प्रश्न सोध्नेछन्।

सभामुख घिमिरेले यसअघि नै समूह विभाजन भइसकेको समूह १० का सांसदहरूलाई नियमावलीको नियम ५८ अनुसार जेठ २ गतेसम्म लिखित प्रश्न पेस गर्न पनि आग्रह गरेका छन्।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम ९ अनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने व्यवस्था छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार