बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार विदेश

पाकिस्तानमा रहेका नेपालीलाई सरकारले भन्यो- समस्या परेमा दूतावासमा सम्पर्क गर्नू

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २६ वैशाख, २०८२ मा प्रकाशित
पाकिस्तानमा रहेका नेपालीलाई सरकारले भन्यो- समस्या परेमा दूतावासमा सम्पर्क गर्नू
काठमाडौं, वैशाख २६ :

सरकारले पाकिस्तानमा रहेका नेपालीहरूलाई कुनै सहयोग आवश्यक परेमा इस्लामाबादस्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ ।

भारत र पाकिस्तानबीच तनाव बढिरहेका बेला परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै कुनै पनि समस्या परेमा दूतावासमा सम्पर्क गर्न पाकिस्तानमा रहेका नेपाली विद्यार्थी तथा उनीहरूका अभिभावकलाई आग्रह गरेको हो । सरकारले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी तथा अन्य नेपालीको सुरक्षा तथा हित सुनिश्चित गर्न नेपाल सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रले तृतीय सचिव वृन्दा सुवेदी खड्कालाई +९२ ३३१३२९३११९ र आर्सलान मेहमुदलाई +९२३४०५१७४२६१ नम्बरमा सम्पर्क गर्न वा इमेलमार्फत [email protected] मा सम्पर्क गर्न भनेको छ ।

पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी एवं अन्य नेपालीहरुको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ नेपाल सरकार पूर्णरुपमा सचेत रहेको र पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीहरुसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको परराष्ट्रले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार