चितवन, भदौ १७ :

चितवनको भरतपुर- १  आँपटारीमा ठूलो रुख ढलेर अवरुद्ध नारायणगढ-मुग्लिङ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।

 सडकमै ढलेको रूख र बिजुलीको पोल पन्छाइएसँगै अवरूद्ध सडक  खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी भेषराज रिजालले जानकारी दिए ।

 बिहानदेखि सवारी साधनहरू रोकिएका हुनाले उक्त सडकखण्डमा अहिले सवारी साधनको चाप छ।

 भरतपुर महानगरपालिका १ पानी ट्यांकी ओरालोमा सालको रूख र बिजुलीको पोल सडकमा पल्टिएका थिए ।