बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

जुम्लाको गुठीचौरमा प्याराग्लाइडिङ महोत्सव हुने

· आइतबार, १७ भदौ, २०८१ मा प्रकाशित
जुम्लाको गुठीचौरमा प्याराग्लाइडिङ महोत्सव हुने
जुम्ला, भदौ १७ :

जुम्लाको गुठीचौर गाउँपालिकाको गुठीचौर उपत्यकामा प्याराग्लाइडिङ महोत्सव हुने भएको छ । 

गुठीचौरको पर्यटन प्रवर्द्धनको उद्देश्यले यही भदौ २५ देखि ३० गतेसम्म प्याराग्लाइडिङ महोत्सव आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाले जानकारी दिनुभयो ।

यसअघि गुठी चौरमा प्याराग्लाइडिङको सफल परीक्षण भइसकेको छ । गुठी चौरको प्रचारप्रसार र पर्यटकीय गतिविधि बढाउनका  लागि पालिकाले महोत्सव गर्न लागेको अध्यक्ष बुढाले बताउनुभयो । 

महोत्सवमा खुला पुरुष भलिबल प्रतियोगिता र खुला महिला देउडा प्रतियोगिता पनि आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । 

फोटोः गुठीचौर गाउँपालिका

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार