बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार अर्थतन्त्र

साउनमा मात्रै वीरगञ्ज भन्सारबाट साढे दुई अर्बको सामान निर्यात

· आइतबार, १७ भदौ, २०८१ मा प्रकाशित
साउनमा मात्रै वीरगञ्ज भन्सारबाट साढे दुई अर्बको सामान निर्यात
पर्सा, भदौ १७ :

वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा दुई अर्ब ६५ करोड ६६ लाख आठ हजार मूल्य बराबरको वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात गरेको छ ।
 
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले गत आर्थिक वर्षको साउनको तुलनामा चालु आवको सोही अवधिमा कार्यालयबाट हुने निर्यात सात दशमलव १६ प्रतिशत अर्थात १७ करोड ७५ लाख एक हजारले बढेको बताउनुभयो ।

गत आर्थिक वर्षको साउनमा दुई अर्ब ४७ करोड ९१ लाख ६७ हजार बराबरको वस्तु तथा सामान निर्यात भएको थियो । 

विशेष गरी जुस जाम, फलामे पाता, जमोठ कपडा, पिना, सेन्थेटिक यार्न, मनोरञ्जनका सामानहरू, बत्तीसा, त्रिफला, कवाज, च्यवनप्राश, कुकुर तथा विरालोको खाना, तयारी कपडा, रेसाको कपडा, कार्पेट र गलैँचा लगायतका सामान विदेशमा निर्यात हुँदै आएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार