काठमाडौं, वैशाख २४ :

कश्मीरमा पाकिस्तानी सेनाको गोलाबारीबाट तीन भारतीयको मृत्यु भएको छ ।

भारतीय सेनालाई उदृत गर्दै समाचार संस्था रोयटर्स र एफपीले तीन भारतीयको मृत्यु भएको उल्लेख छन् ।

यसैबीच, पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद सरिफ चौधरीले भारतीय आक्रमणमा दुई बालबालिकासहित सातजनाको मृत्यु भएको जनाएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले भारतीय आक्रमणप्रति कडा जवाफ दिने चेतावनी दिएका छन् ।

गत महिना कश्मीरमा पर्यटकमाथि भएको आतंककारी आक्रमणपछि भारत र पाकिस्तानबीचको सम्बन्ध चिसिएको छ ।

दिल्लीले पहलगाममा २६ जनाको ज्यान जाने गरी भएको आतंककारी आक्रमणको जवाफमा पाकिस्तानमाथि हमला गरेको जनाएको छ ।

उता पाकिस्तानले भारतको आक्रमणलाई ‘कायरतापूर्ण आक्रमण’ भनेर जवाफ दिएको छ । पाकिस्तानले पनि त्यसको जवाफ दिने प्रतिक्रिया दिएको छ ।

भारत प्रशासित कश्मीरमा दशकौं लामो विद्रोह भएको छ । जसका कारण हजारौंले ज्यान गुमाइसकेका छन् । कश्मीरमा भारत र पाकिस्तान दुवैले आफ्नो दाबी गर्दै आएका छन् ।