शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव #प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव
राजनीति

आकस्मिक समयमा सांसदहरुद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २३ वैशाख, २०८२ मा प्रकाशित
आकस्मिक समयमा सांसदहरुद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौं, वैशाख २३ :

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद रञ्जिता श्रेष्ठले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई यही वैशाख १७ गते गिरफ्तार गरिएको घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरिन् ।

सांसद कान्तिका सेजुवालले तीन महिनादेखि युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबईमा अलपत्र परेका मुगुको छायानाथ नगरपालिका १४, सुम्ली गाउँका २६ वर्षीय दीपराज भण्डारीको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराइन् । उनी रोजगारीको सिलसिलामा एक वर्षअघि दुबई गएका थिए ।

यस्तै सांसद ठाकुरप्रसाद गैरेले सिंहदरबारभित्र निर्माणाधीन संघीय संसद् भवनको निर्माण कार्यसमयमै सम्पन्न गर्न सरकारसँग माग गरे ।

सांसद पूर्णबाहदुर घर्ती मगरले जिल्ला सदरमुकामका निम्ति विनियोजन गरेको बजेट खर्च हुन नसकेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए । यसैगरी सांसद मनीष झाले मन्त्रिपरिषद्‌मा महिलाको सहभागिता बढाउन माग गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार