बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

मुग्लिन- नारायणगढ सडकमा बस र ट्रक ठोक्किए

· आइतबार, १७ भदौ, २०८१ मा प्रकाशित
मुग्लिन- नारायणगढ सडकमा बस र ट्रक ठोक्किए
चितवन, भदौ १७ :

चितवनको मुग्लिन- नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएका छन् ।

आज बिहान भएको दुर्घटनामा तीन जना घाईते भएका छन् ।

भरतपुर महानगरपालिका-  २९ को सिमलतालमा नारयणघाटतर्फबाट मुग्लिनतर्फ जाँदै गरेको ग २ ख ११०८ नम्बरको ट्रक र विपरित दिशातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको यात्रुबाहक बस एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी ट्रक चालक धादिङ बेनीघाटरोराङ्ग गाउँपालीका-  ३ का २८ वर्षीय राजन क्षेत्री घाइते भएको इलाका प्रहरी मुग्लिनले जनाएको छ ।

दुर्घटनामा बारा निवासी ३० वर्षीय मन्जु रावल र ६ वर्षीय आशिष चौरसिया पनि घाइते भएको र उनिहरुलाई उपचारका लागी भरतपुरतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै, सोही सडक खण्डको जुगेडीमा भएको तीनवटा सवारी दुर्घटनामा भने कुनै पनि मानवीय क्षति नभएको जुगेडी प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार