शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध #नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध
राजनीति

प्रचण्ड भन्छन्- जादु चलाउन चाहे त चल्छ, तर अहिले चलाउने पक्षमा छैनौं

‘सरकार आफैं ढल्छ, ढाल्न खोजेका होइनौं’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २२ वैशाख, २०८२ मा प्रकाशित
प्रचण्ड भन्छन्- जादु चलाउन चाहे त चल्छ, तर अहिले चलाउने पक्षमा छैनौं
फाइल तस्बिर।
काठमाडौं, वैशाख २२ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूहरू अहिले सरकार ढाल्ने सोचमा नरहेको बताएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अहिलेको सरकार आफैं कमजोर भएको र त्यसैले ढल्ने  बताए। ‘हामी अहिले सरकार बनाउने होइन, जनतामा जाने तयारीमा छौं,’ उनले भने, ‘मध्यपहाडी लोकमार्गको अभियानमा जाँदैछौं। जादु चलाउन मन लागे चलाउन सकिन्छ, तर अहिले त्यस्तो तयारी छैन।’ 

त्यसो त प्रचण्डले  सरकारमा हुँदा पनि कसैले हटाउन नसक्ने भन्दै आफूसँग जादुमय अंक रहेको बताउँदै आएका थिए । अप्रत्यासित रुपमा कांग्रेस र एमाले मिल्दा उनको दाजुमय अंकले कुनै भूमिका खेल्न सकेन ।

प्रचण्डले सरकार बदल्नका लागि देउवा वा अरू कसैलाई फकाउने पक्षमा पनि नरहेको स्पष्ट पारे  । जनताले वर्तमान सरकारलाई मनैबाट हटाइसकेको दाबी गर्दै उनले सरकार आफैंनै बोझले ढल्ने बताए।  आफूहरुको ध्यान अहिले सरकारतिर भन्दा पनि अभियानमा भएको समेत जिकिर गरे।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार