बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार विदेश

राष्ट्रपतिमा निर्वाचित भए आप्रवासी र शरणार्थी समस्यालाई व्यवस्थित गर्नेछुः ह्यारिस

· शुक्रबार, १५ भदौ, २०८१ मा प्रकाशित
राष्ट्रपतिमा निर्वाचित भए आप्रवासी र शरणार्थी समस्यालाई व्यवस्थित गर्नेछुः ह्यारिस
काठमाडौँ, भदौ १५ :

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आफू राष्ट्रपति निर्वाचित भएमा मेक्सिकोको सीमा अवैध रूपमा पार गर्ने आप्रवासीको नियन्त्रण गर्ने बताउनुभएको छ। 

अमेरिकी डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार ह्यारिसले राष्ट्रपतिको हैसियतमा आफूले मेक्सिकोको सीमा अवैध रूपमा पार गर्ने आप्रवासीका लागि विद्यमान अमेरिकी कानुनलाई कडाइका साथ लागू गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। 

“मलाई विश्वास छ सीमा प्रवेशमा परिणाम आउनेगरी कडाइ गर्नुपर्छ । हामीसँग कानुनहरू छन्, यसको पालना गर्नुपर्छ र आप्रवासी तथा शरणार्थी समस्यालाई व्यवस्थित गर्नुपर्छ । 

राष्ट्रपति निर्वाचित भएमा मैले हाम्रा विद्यमान कानूनहरूलाई लागू गर्नेछु,” ह्यारिसले सीएनएनसँगको अन्तरवार्ताका क्रममा उद्घोष गर्नुभयो। 

उहाँले गाजायुद्धका लागि इजरायललाई हतियार उपलब्ध गराउने अमेरिकी राष्ट्रपति जो बाइडेनको नीतिलाई आफूले परिवर्तन नगर्ने बताउनुभयो।

यद्यपि, ह्यारिसले युद्धविराम र बन्धक सम्झौता गर्ने र ‘यो युद्ध अन्त्य गर्ने’ समय आएको दाबी गर्नुभयो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार