काठमाडौं, वैशाख १८ :

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि जापानका राजदूत मायादा तोरुले शिष्टाचार भेट गरेका छन् ।

प्रमुख शाहको कार्यकक्षमा भएको भेटमा सहरी विकास निर्माण, विकास व्यवस्थापन र सुविधा वितरणका आपसी अभ्यास र सिकाइका विषयमा कुराकानी भएको थियो । कुराकानीका क्रममा शाहले काठमाडौंको सांस्कृतिक पहिचान अद्वितीय रहेको उल्लेख गरे ।

सांस्कृतिक मूर्त सम्पदा र मौलिक खानेकुरासँग सामाजिक तथा सांस्कृतिक जीवनको सम्बन्धका विषयमा पनि शाहले जानकारी गराए ।

राजदूत तोरुले काठमाडौं र जापानका सहरहरुबीच सहरी आचरणसम्बन्धी आपसी ज्ञान र सीप आदानप्रदानको प्रशस्त सम्भावना रहेको उल्लेख गरेका थिए ।