इस्लामावाद, भदौ १५ :
पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा शुक्रबार बिहान गएको पहिरोमा परी १२ जनाको मृत्यु भएको छ ।
सरकारी उद्धार संस्था रेस्क्यु ११२२ ले एक विज्ञप्ति जारी विगत केही दिनदेखि भारी वर्षा भइरहेको माथिल्लो दिर जिल्लामा पहिरोमा तीन महिला, छ बालबालिका र तीन पुरुष गरी १२ जनाको मृत्यु भएको जनाएको हो ।
पहिरोमा परी मृत्यु भएका उनीहरू एकै परिवारका सदस्य भएको बताइएको छ ।
भग्नावशेषबाट सबै शव निकालिएको र पहिरोले ल्याएको माटो र ढुङ्गाको थुप्रोलाई हटाउने काम जारी छ ।
पाकिस्तानका केही भागमा अहिले मुसलधारे वर्षा भइरहेकाले धेरै जिल्लामा आकस्मिक बाढी, डुबान र पहिरोको समस्या देखिएको एएफपीले जनाइएको छ।
फोटोः द हिन्दु न्यूज
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि , १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी