बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

कारागार र बालसुधार गृह सुधारका लागि तीनै तहको सरकारको समन्वय आवश्यक:रमेश लेखक

· आइतबार, १४ साउन, २०८१ मा प्रकाशित
कारागार र बालसुधार गृह सुधारका लागि तीनै तहको सरकारको समन्वय आवश्यक:रमेश लेखक

काठमाडौँ, साउन १३:  गृहमन्त्री रमेश लेखकले कारागार र बालसुधार गृहको सुधारमा तीनै तहका सरकारको समन्वय गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । आइतबार बिहान सङ्घीय संसद्को कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो ।“अत्यधिक सङ्ख्यामा कैदीबन्दी रहेको समस्या देशभरि छ । भौतिक संरचनाको राम्रो विषय उठाउनु भएको छ” मन्त्री लेखकले भन्नुभयो– “भौतिक संरचनामा सुधार गर्न आवश्यक छ ।” उहाँले यस्तै बाल सुधार गृहमा पनि ठाउँको अभाव रहेको बताउनुभयो । भौतिक संरचना अभाव देखिएको उहाँको भनाइ छ ।“हामीसित ८ वटा जिल्लामा ९ वटा बालसुधार गृह छन्” उहाँले भन्नुभयो, “यसको सुधार गर्न सबैलाई सरकारले राम्रोसँग सञ्चालन गर्नुपर्ने देखिएको छ ।”
कैदीबन्दीको सिधा र दैनिक खर्च कम भएको विषयमा सरकारको ध्यान गम्भीरतापूर्वक जाने गृहमन्त्री लेखकले बताउनुभयो । कैदी बन्दीले भोग्नुपरेको स्वास्थ्य र सरसफाइका समस्या सम्बोधन गर्ने सरकारले ध्यान दिने बताउनुभयो ।
“कैदीबन्दीको सीप विकास र आयआर्जनको कुरामा पनि सरकार गम्भीर छ” गृहमन्त्री लेखक भन्नुभयो, “कारागारलाई सीप विकास केन्द्रका रूपमा विकास जरुरी छ ।” केही न केही उद्यम गरेर आयआर्जन पनि हुने र मानिस व्यस्त हुने अवस्था रहेको उहाँको भनाइ छ ।
कैदीबन्दीको स्वास्थ्य बिमा र सीपको व्यवस्थाका साथै मनोपरामशर्म कार्यक्रम आवश्यक भएको गृहमन्त्री लेखकले बताउनुभयो । कैद कट्टामा सर्वोच्च अदालतले दिएको पछिल्लो निर्देशनअनुसार अगाडि बढ्ने उहाँले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार