बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार विदेश

भ्रष्टाचार ठहर भएपछि ब्राजिलका पूर्वराष्ट्रपति कोलोर डी मेलो पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १३ वैशाख, २०८२ मा प्रकाशित
भ्रष्टाचार ठहर भएपछि ब्राजिलका पूर्वराष्ट्रपति कोलोर डी मेलो पक्राउ
काठमाडौं, वैशाख १३ :

ब्राजिलका ७५ वर्षीय पूर्वराष्ट्रपति फर्नान्डो कोलर डी मेलो भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको अभियोगमा पक्राउ परेका छन् ।

उनलाई सर्वोच्च अदालतले झन्डै ९ वर्षको जेल सजाय सुनाएपछि शुक्रबार पक्राउ गरिएको हो ।

ब्राजिलमा प्रजातान्त्रिक रूपमा निर्वाचित पहिलो राष्ट्रपति कोलोर डे मेलोलाई सन् १९९२ मा काङ्ग्रेसले घुस लिएको आरोपमा महाभियोगको प्रक्रिया सुरु गरिएको थियो । जसका कारण उनले कार्यकालको आधा समयमै राजीनामा दिन बाध्य भए ।

अभियोजकहरूले एक निर्माण कम्पनी र ब्राजिलको सरकारी तेल कम्पनी पेट्रोब्रासको पूर्व सहायक कम्पनीबीच ‘अनियमित रूपमा सम्झौता गर्न’ रकम लिएको आरोप लगाएका छन्।

कोलर डी मेलो ब्राजिलको कानुनको उल्लङ्घन गर्ने पहिलो राष्ट्रपति भने होइनन् । सन् १९६४ देखि १९८५ सम्म देशको नेतृत्व गरेका सातमध्ये चार राष्ट्रपतिलाई दोषी ठहराइएको, जेल चलान गरिएको वा महाभियोग लगाइएको थियो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार