काठमाण्डौं, वैशाख १२ :
विश्व खाद्य कार्यक्रम डब्लुएफपी ले इजरायलको करिब आठ हप्ता लामो नाकाबन्दीका कारण गाजा पट्टीमा खाद्यान्नको मौज्दात समाप्त भएको जनाएको छ ।
डब्लुएफपीले एक विज्ञप्ति जारी गर्दै आफ्नो अन्तिम स्टक गाजा वरपरका च्यारिटी भान्सामा वितरण गरेको जनाएको छ । ती भान्साघरमा आगामी दिनमा खानाको अभाव हुने अनुमान समेत गरिएको एपीले जनाएको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार गाजाको २० लाखभन्दा बढी जनसंख्या मध्ये करिब ८० प्रतिशत खाद्यान्नका लागि परोपकारी भान्सामा निर्भर छन् । इजरायलको नाकाबन्दीका कारण अन्य स्रोतहरू बन्द भएका छन् ।
डब्लुएफपीले ४७ वटा भान्साघरलाई सहयोग गरिरहेको डब्लुएफपीका प्रवक्ता अबीर इटेफाले बताएका छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’