बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार शिक्षा

आन्दोलनरत शिक्षकहरूले गरे माइतीघरमा रक्तदान

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ११ वैशाख, २०८२ मा प्रकाशित
आन्दोलनरत शिक्षकहरूले गरे माइतीघरमा रक्तदान
काठमाडौं, वैशाख ११ :

आन्दोलनरत शिक्षकहरूले आज(बिहीबार) रक्तदान गरेका छन्।  शिक्षा ऐन लिएरै फर्कने अडानसहित २३ दिनदेखि आन्दोलनरत शिक्षकहरूले रक्तदान गरेका हुन् । 
काठमाडौँको बिजुलीबजारमा भएको कार्यक्रममा शिक्षक-शिक्षिकाहरुले रक्तदान गरेका थिए।

आन्दोलनको नेतृत्व गर्दै आएको नेपाल शिक्षक महासङ्घले नै रक्तदान कार्यक्रमको आयोजना गरेको हो। उनीहरु तीन हप्तादेखि अनिश्चितकालीन सडक आन्दोलन गर्दै आएका शिक्षकहरुको आजको कार्यक्रम भने अघिल्ला दिनका भन्दा फरक रहयो । शिक्षकहरुले सडकमा नाचगान, जादु देखाएर रमाइलो मात्र गरेका छैनन् रक्तदान गरेर जीवन दान दिएका छन् । रगतको अभाव भइरहेको समयमा शिक्षकहरुले गरेको रक्तदानले पनिकेही राहत मिलेको छ ।

नवनियुक्त शिक्षामन्त्रीले आफूहरुको मागलाई कसरी सम्बोधन गर्लान् भनेर शिक्षकहरुले हेरेर बसेका छन् । शिक्षकको आन्दोलनकै कारण अघिल्लो शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिनु पर्‍यो । यसर्थ नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तका लागि पनि चुनौती भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार