शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध #नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध
राजनीति

‘युथ सेलिब्रेसन’ को नाममा भृकुटीमण्डपमा आज एमालेको शक्ति प्रदर्शन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ११ वैशाख, २०८२ मा प्रकाशित
‘युथ सेलिब्रेसन’ को नाममा भृकुटीमण्डपमा आज एमालेको शक्ति प्रदर्शन
काठमाडाैं, वैशाख ११ :

सत्तारूढ नेकपा एमालेले आज काठमाडौंको भृकुटीमण्डपमा ‘युथ सेलिब्रेसन’ आयोजना गर्दैछ। ‘जनताले जितेको दिन’ नारासहित आयोजना गरिएको यो कार्यक्रममा देशभरका युवालाई काठमाडौं बोलाइएको छ।

कार्यक्रम दिउँसो १ बजेदेखि सुरु हुने जनाइएको छ। लोकतन्त्र र युवाको भूमिकाबारे सार्वजनिक विमर्श गर्न आयोजना गरिएको कार्यक्रममा सातै प्रदेशबाट युवाहरुको सहभागिता रहनेछ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, कार्यक्रममा  प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।  विभिन्न प्रदेशका वक्ताहरूले लोकतन्त्रमा युवाको भूमिकाबारे धारणा राख्नेछन्।

एमालेले यो कार्यक्रम लोकतन्त्रप्रति युवाहरूको समझदारी बढाउने र पार्टीको शक्ति प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरेको बताइएको छ। कार्यक्रममा सहभागी युवाहरू ठाउँठाउँमा भेला हुन थालेका छन्। 

सुरक्षाका लागि काठमाडौं उपत्यकामा प्रहरीको उपस्थिति पनि बाक्लिएको छ। युथ सेलिब्रेसनमार्फत एमालेले आगामी दिनमा युवा शक्ति संगठित गर्ने तथा राजनीतिक परिचालनमा सक्रिय बनाउने संकेत दिन खोजेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार