नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षामा सामेल हुन शिक्षकहरुलाई दबाब दिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ।
राष्ट्रिय परीक्षा बोर्ड र जिल्ला प्रशासन कार्यालयका पदाधिकारीबाट धम्कीसहित परीक्षामा सामेल हुन दबाब आएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताएका छन् ।
२१ दिनदेखि काठमाडौँमा आन्दोलन चलिरहेको समयमा सरकारले यथावत परीक्षा सञ्चालन हुने जनाएको छ।
बोर्डले कर्मचारी खटाएर पनि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय गरेपछि शिक्षक महासंघले विज्ञप्ति जारी गरी आन्दोलनमा साथ दिन र कक्षा १२ को परीक्षामा सामेल नहुन र केद्राध्यक्षहरुलाई आन्दोलनमा सहभागी हुन आग्रह गरेको छ।
विद्यालय, विद्यार्थी, शिक्षक र कर्मचारी मैत्री शिक्षा ऐन जारी गराउने महाअभियानलाई अघि बढाउन महासंघले साथ र सहभागिता खोजेको छ ।
यस्तो छ विज्ञप्ति :
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।