बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद क्रिकेट भिडियो

‘क्रिकेट रंगशालामा सबैको चासो छ, तीन सिफ्टमा काम भइरहेको छ’

उपप्रधानमन्त्री सिंहले गरे कीर्तिपुरस्थित क्रिकेट स्टेडियमको अनुगमन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ४ वैशाख, २०८२ मा प्रकाशित
‘क्रिकेट रंगशालामा सबैको चासो छ, तीन सिफ्टमा काम भइरहेको छ’
काठमाडौं, वैशाख ४ :

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले कीर्तिपुर क्रिकेट रंगशालामा निर्माणाधीन प्यारापिट र फ्लड लाइट जडान कार्यको अनुगमन गरेका छन् ।

क्रिकेट मैदानको बिहीबार स्थलगत निरीक्षण गर्दै उपप्रधानमन्त्री सिंहले तोकिएको समयभित्रै प्यारापिट निर्माण हुने विश्वास व्यक्त गरे ।

निरीक्षणका क्रममा ठेकेदारकम्पनीका प्रतिनिधिले प्यारापिट निर्माण कार्यको प्रगतिबारे जानकारी गराएका थिए । सिंहले वैशाख २४ गतेभित्र कीर्तिपुर क्रिकेट मैदानमा प्यारापिट निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ कामअघि बढिरहेको बताए ।

ठेकेदार कम्पनीले तीन सिफ्टमा काम गरिरहेको भन्दै उनले आवश्यक परे जनशक्ति थप गरेर भए पनि तोकिएको समयमै काम सक्न निर्देशन दिए ।

कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप १० हजार क्षमताको प्यारापिट निर्माण र फ्लड लाइट जडान कार्यको २०८१ फागुनमा सम्झौता भएको थियो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार