बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार अर्थतन्त्र

बागमती प्रदेशमा घट्यो राजस्व सङ्कलन 

· बिहीबार, १४ भदौ, २०८१ मा प्रकाशित
बागमती प्रदेशमा घट्यो राजस्व सङ्कलन 
काठमाडौँ, भदौ १४ :

बागमती प्रदेश सरकारले सङ्कलन गर्ने घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारी साधन करमा कमी आएपछि राजस्व सङ्कलन घटेको छ । 

आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारी साधन खरिद बिक्री कारोबारमा आएको गिरावटसँगै प्रदेश सरकारले ती शीर्षकमा सङ्कलन गर्ने राजस्व पनि प्रभावित भएको हो ।

घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारी साधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ । 

दुवै शीर्षकबाट आर्थिक वर्ष २०८०- ८१ मा १४ अर्ब राजस्व सङ्कलन हुने अनुमान गरिएकामा ११ अर्ब ६० करोड ७६ लाख ५० हजार मात्र राजस्व सङ्कलन भएको बागमती प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय हेटौँडाका प्रमुख हरिप्रसाद उपाध्यायले जानकारी दिनुभयो । 

उक्त आर्थिक वर्षमा घरजग्गा रजिष्ट्रेशन शीर्षकबाट छ अर्ब ७५ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा त्यसको करिब ८१ दशमलव ३२ प्रतिशत अर्थात्  पाँच अर्ब ४८ करोड ९३ लाख ३८ हजार राजस्व सङ्कलन भएको छ । 

यस्तै प्रदेश सरकारले सवारी साधन जाँचपास, रुट परमिट, सवारीचालक अनुमतिपत्र वितरण तथा नवीकरण अन्तर्गत आव २०८०- ८१ मा अनुमानभन्दा १६ प्रतिशत कम राजस्व सङ्कलन गरेको छ । 

उक्त शीर्षकमा सात अर्ब २५ करोड राजस्व सङ्कलनको अनुमान गरेकामा छ अर्ब ११ करोड ५७ लाख ३८ हजार राजस्व सङ्कलन भएको प्रमुख उपाध्यायले बताउनुभयो । 

यस्तै प्रदेश सरकारले बाँडफाँटबाट प्राप्त हुने मूल्य अभिवृद्धि करबापत सात अर्ब ७९ करोड ८८ लाख प्राप्त हुने अनुमान गरिएकामा छ अर्ब ७५ करोड ३७ लाख सङ्कलन भएको छ भने अन्तःशुल्क करबापत तीन अर्ब ३४ करोड २३ लाख प्राप्त हुने अनुमान गरिएकामा दुई अर्ब ३२ लाख १२ हजारमात्र प्राप्त भएको कार्यालयले जनाएको छ ।

त्यसैगरी सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानअन्तर्गत आठ अर्ब एक करोड ३५ लाख प्राप्त हुने अनुमान गरिएकामा पाँच अर्ब ९३ करोड ८८ लाख मात्र प्राप्त भएको प्रमुख उपाध्यायले बताउनुभयो 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार