काठमाडौं, वैशाख ४ :

राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छिन् । 

पार्टीमा एक व्यक्ति एक पद लागू गर्नुपर्ने भन्दै उनले राजीनामा बुझाएकी हुन् । श्रेष्ठले राजीनामा सभापति लामिछानेलाई १५ दिनअघि नै बुझाएकी थिइन् ।

संसदीय मोर्चामा नै सक्रियताका साथ लाग्ने भनेर श्रेष्ठले राजीनामा दिएको उल्लेख गरेकी छन् ।रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले सहमहामन्त्री श्रेष्ठले राजीनामा दिएको स्वीकार गरे पनि उनको राजीनामा स्वीकृत भइसकेको छैन ।

बैठकमा सुमना सहमहामन्त्रीबाट दिएको राजीनामाबारे रास्वपा केन्द्रीय समितिको बिहीबारको बैठकमा छलफल हुने बताइएको छ । 

‘रविजी सभापतिको रुपमा फर्कनु भएलगत्तै मेरो उहाँसँग योबारे कुरा भएको हो र मैले राजीनामाको पत्र पनि बुझाएकी हुँ । रविजीले पनि यसलाई सकारात्मक रुपमा लिनुभएको थियो,’ श्रेष्ठले भनेकी छन्, ‘यसपछि एक सांसद्को जिम्मेवारी अझ सशक्त रुपमा निभाउन सक्छु भन्ने मेरो ठम्याई छ ।’