काठमाडौं, वैशाख ३ :

भलिबल मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टलाई तालिम तथा प्रशिक्षण विभागअन्तर्गत प्रशिक्षण योजना तथा अनुगमन विभागको उप-निर्देशकको जिम्मेवारी दिइएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य-सचिवस्तरीय निर्णयअनुसार भट्टलाई विभागको उप-निर्देशकको जिम्मेवारी दिइएको हो । राखेपका सदस्य-सचिव टंकलाल घिसिङले भट्टलाई पत्र प्रदान गरे ।

उप-निर्देशकको जिम्मेवारी पाएसँगै भट्टले राखेपका सदस्य-सचिव टंकलाल घिसिङलाई धन्यवाद दिँदै पाएको जिम्मेवारी इमानदारीसाथ निभाउने प्रतिबद्धता जनाए ।

विगत तीन दशकदेखि भलिबलमा सक्रिय भट्टले आफ्नो अनुभव, ज्ञान र सीपलाई पूर्ण इमानदारीसाथ राष्ट्रको खेल क्षेत्रमा योगदान गर्ने बताएका छन् ।