इनरुवा , वैशाख १ :
सुनसरीको देवानगन्ज गाउँपालिका २ स्थित रासीमा आज (सोमबार) साँझ गोली प्रहार हुँदा दुईजना घाइते भएका छन् ।
घाइते हुनेमा देवानगन्ज २ का २४ वर्षीय रवीन्द्र यादव र १ का शिवुकुमार मेहता रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए ।
अपरिचित व्यक्तिको गोली लागेर घाइते भएका यादवको अवस्था सामान्य रहेको र उनको स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अर्का घाइते मेहताको स्थिति चिन्ताजनक भएकाले विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
तस्करीसँग सम्बन्धित गिरोहबीचको विवादकै कारण गोली चलेको र गोली प्रहारमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’