शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद

५ खेलाडीसहित ८ सदस्यीय उसु टोली सिक्किम जाने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १ वैशाख, २०८२ मा प्रकाशित
५ खेलाडीसहित ८ सदस्यीय उसु टोली सिक्किम जाने
काठमाडौं, वैशाख १ :

सिक्किम एमेच्योर उसु संघको आयोजना हुन लागेको उसु प्रो नाइट्स फाइटमा सहभागी हुन मार्सल आर्ट्स अर्गनाइजेसन नेपालबाट ५ खेलाडीसहित ८ सदस्यीय टोली भोलि (मंगलबार) भारतको सिक्किमस्थित ग्याङटोक प्रस्थान गर्ने भएको छ ।

सिक्किम एमेच्योर उसु संघको मार्सल आर्ट्स अर्गनाइजेसन नेपाल प्रतियोगितामा सहभागी हुन लागेको हो । प्रतियोगितामा विभिन्न ५ तौल समूहमा नेपाल र सिकिम्मका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

अप्रिल १६ तारिखमा हुने प्रतियोगितामा नेपालबाट मिलन राईले ५२ केजी, निश्चल तामाङले ५६ केजी, कमल आचार्य ६० ले केजी, मिलन तामाङले ६५ केजी र विनोद श्रेष्ठले ७० केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रशिक्षकमा राजीव महर्जन, टिम व्यवस्थापकमा किरणसिंह साउद र निर्णायकमा शंकर भुजेल टोलीसँग सिक्किम जानेछन् । हरेक स्पर्धामा पहिलो हुनेले ५० हजार तथा दोश्रोले २० हजार भारतीय रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

टोलीलाई कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे । उनले खेलाडीहरुलाई पदक जितेर आउन शुभकामना दिँदै उसु खेलको विकास र विस्तारका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । मेयर डंगोलले टोलीलाई व्यक्तिगत रुपमा ट्रयाकसुट प्रदान गरेको प्रशिक्षक महर्जनले जनाएका छन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार