शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार कला/साहित्य

पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ को विमोचन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ३० चैत, २०८१ मा प्रकाशित
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ को विमोचन
काठमाडाैं, चैत ३० :

पूर्वसचिव शङ्करप्रसाद पाण्डेको संस्मरणात्मक निबन्ध ‘सम्झनाका फूलहरू’ बजारमा आएको छ ।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले उक्त पुस्तक विमोचन गरिन्  । पुस्तकमा लेखक पाण्डेले भौतिक विकास, पर्यावरण संरक्षण, मुलुकको कूटनीति, शिक्षा तथा प्रशासन सेवाका अनुभव समेटेका छन् ।  

नेपाली साहित्यमा अनुपम मानिएको ‘मुनामदन’का रचयिता महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रतिमा राष्ट्रसेवकका रुपमा ल्हासामा रहँदा स्थापना गराउँदाको अनुभव पनि पुस्तमा समेटिएको छ ।

पुस्तक विमोचनपछि पूर्वप्रधानन्यायाधीश  कार्कीले पुस्तकका माध्यमबाट  राज्यव्यवस्था र त्यससँग सम्बन्धित विषय सार्वजनिक गरेर लेखकले आम पाठकलाई गुन लगाएका बताइन्। 
    
कवि प्रह्लाद पोखरेले पुस्तक नयाँपुराना दुवै पुस्ताले पढ्नुपर्ने बताए भने काठमाडौं महानगरपालिका–  १७ का वडाध्यक्ष रोजिना श्रेष्ठले पुस्तकका केही प्रसङ्ग हरेक नेपालीको  जीवनसँग मिल्ने किसिमका भएकाले पुस्तक पठनीय भएको टिप्पणी गरिन्  । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार