
प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस र एमाले महत्वपूर्ण समयमा सहकार्य गर्दै आएका दुई प्रतिश्पर्धी दल भएको प्रष्ट पार्नुभएको छ।
प्रतिनिधि सभाको आजको बैठकमा विश्वासको मत लिनुभन्दा पहिले मन्तव्य राख्नुहुँदै ऐतिसाहिक क्षणमा काँग्रेस र एमालेवीच सहकार्य गर्दै आएको हुनाले अहिले पनि यो सहमति ऐतिहासिक समय भएको उल्लेख गर्नुभयो ।
उहाँले नेल्सन मण्डेला र एउटी बालिकाबीचको संवाद उल्लेख गर्दै पुराना पार्टीको जेल नेललाई केही नयाँ दलले नजरअन्दाज गरेको भन्दै संसदका नयाँ पार्टीलाई व्यङ्ग्य गर्नुभयो ।।