बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन #नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन
समाचार

नेपाल बारको अध्यक्षमा मिश्रको जित सुनिश्चित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २७ चैत, २०८१ मा प्रकाशित
नेपाल बारको अध्यक्षमा मिश्रको जित सुनिश्चित
काठमाडौं, चैत २७ :

नेपाल बार एसोसिएसनको अध्यक्ष पदमा प्रा. डा. विजयप्रसाद मिश्र विजयी हुने लगभग निश्चित भएको छ ।  गन्न बाँकी मतभन्दा उनको मतान्तर धेरै रहेको जनाइएको छ ।  मिश्र  प्रतिस्पर्धी रमण श्रेष्ठभन्दा २ हजार २८७ मत अन्तरले अगाडि छन् ।  मिश्र प्यानलका सबै उम्मेदवार जित्ने निश्चित भएको छ । 

अब  पुनरावेदन अदालत पाटन  र ललितपुर जिल्लाको गरी २ हजार ११८ मत गन्न बाँकी छ ।  मतगणना बार एसोसिएसनकै भवन भित्र भइरहेको छ ।आज साँझसम्म अन्तिम परिणाम आउने निर्वाचन समितिले जनाएको छ । 

मिश्र सत्ता गठबन्धनबाट अध्यक्षमा उठेका हुन् भने माओवादी-रास्वपा लगायत दलको तर्फबाट श्रेष्ठ प्रतिस्पर्धामा छन् । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि चैत २० गते देशभर मतदान भएको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार