बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
समाचार कर्णाली प्रदेश शिक्षा

डोल्पामा स्थानीय पाठ्यक्रम लागू

· आइतबार, १४ साउन, २०८१ मा प्रकाशित
डोल्पामा स्थानीय पाठ्यक्रम लागू

डोल्पा, साउन १३: जगदुल्ला गाउँपालिकाका सबै विद्यालयमा स्थानीय पाठ्यक्रम लागू भएको छ । गाउँपालिकाभित्रका आधारभूत तहको कक्षा १ देखि ५ सम्म ‘हामी, हाम्रो जगदुल्ला गाउँपालिका’ नामको स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गरिएको पलिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख गोपाल बुढाले जानकारी दिनुभयो ।

पाठ्यक्रमले स्थानीय वेशभुषा, कला, संस्कृति, रहनसहन, पर्यटन, जीवनशैली लगायत विविध पक्षलाई समेटेको छ । साथै पुराना कला, संस्कृतिलाई संरक्षण, सम्भावनाको पहिचान तथा प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने बुढाले बताउनुभयो । पाठयक्रमको साप्ताहिक पाठ्यघण्टा पाँच र वार्षिक कार्यघण्टा एक सय ६० र तथा पूर्णाङ्क १०० निर्धारण गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार