डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा ६६ जनाको मृत्यु भएको छ ।
घटनामा अन्य एक सय ५० जनाभन्दा बढी घाइते भएको अधिकारीहरूले बताएका छन् ।
राजधानीको चार्चित नाइट क्लबको छल खसेर भग्नावशेषमा परिणत भएको हो । मृत्यु हुनेमा पूर्व बेसबल खेलाडी अक्टाभियो डोटेल समेत रहेका छन् । ५१ वर्षीय डोटेललाई भग्नावशेषबाट निकालेर अस्पताल लैजाँदै गर्दै बाटोमै मृत्यु भएको हो ।
डोनिनिकन रिपब्लिकका लेकप्रिय गायक रुबी पेरेजको कन्सर्ट भइरहेका बेला छत भत्किँएर ठुलो दुर्घटना भएको हो । भग्नावशेषमा हराइरहेका मध्ये गायक पेरेज पनि रहेका छन् । कन्सर्टमा सयौंको संख्यामा मानिसहरु भेला भएका थिए ।
भग्नावशेषबाट मानिसहरुको उद्दारका लागि झण्डै ४ सय उद्दारकर्ताहरु परिचालन भएका छन् । ठूलो संख्यामा मानिसहरु फसेकाले मृतकको संख्या अझै बढ्न सक्ने आशंका रहेका छ । छत खस्नुको कारण थाहा हुन सकेको छैन । एजेन्सी
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’