बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
खेलकुद क्रिकेट

विश्वकप क्रिकेट एसिया छनोट खेल्ने १४ सदस्यीय टोलीको घोषणा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २६ चैत, २०८१ मा प्रकाशित
विश्वकप क्रिकेट एसिया छनोट खेल्ने १४ सदस्यीय टोलीको घोषणा
काठमाडौँ, चैत २६ :

नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपालमा आयोजना हुने आइसिसी यु–१९ पुरुष विश्वकप क्रिकेट एसिया छनोट खेल्ने टोलीको घोषणा गरेको छ ।

क्यानले आज नरेन भट्टको कप्तानीमा १४ सदस्यीय नेपाली  टोलीको घोषणा गरेको हो । टोलीमा अभिषेक तिवारी, नीरज यादव, साहिल पटेल, सिब्रीन श्रेष्ठ, रोशन विश्वकर्मा, दिलसाद अलि र दर्श सोनार छनोट भएका छन् । त्यसैगरी सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अप्राजित पौडेल, युवराज खत्री र विपिनप्रसाद शर्मा पनि छनोटमा परेका छन् ।

माथिल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले युएईसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यी दुईबीचको खेल यही चैत ३१ गते हुनेछ । नेपालले आफ्नो दोस्रो खेल आगामी वैशाख ३ गते हङकङसँग खेल्ने जनाइएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार