
काठमाडौं, चैत २६ :
काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरासहित २० जनालाई १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
तीनकुनेमा चैत १५ गते भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा मिश्र र जबरा त्यसैदिन पक्राउ परेका थिए । उनीहरू अहिले भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा छन् ।
जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले उनीहरूलाई १५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
प्रहरीले आरोपितहरूविरुद्ध राज्यविरुद्धको कसुर र संगठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ ।