बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
खेलकुद भलिबल

मुख्यमन्त्री कप : सुदुरपश्चिमले लुम्बिनीलाई हरायो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २५ चैत, २०८१ मा प्रकाशित
मुख्यमन्त्री कप : सुदुरपश्चिमले लुम्बिनीलाई हरायो
भोजपुर, चैत २५ :

भोजपुर नगरपालिका- ७ कोदार रङ्गशालामा जारी मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ ।

प्रतिस्पर्धात्मक खेलको पहिलो र दोस्रो सेट लुम्बिनीले २७- २५ अङ्क र २५- १४ अङ्कले जितेको थियो । बाँकी तीन सेट भने सुदूरपश्चिम प्रदेशले जित्यो । सुदूरपश्चिमले तेस्रो सेट २५- २३, चौथो सेट २५- २२ र अन्तिम सेट १५- ११ अङ्कले जित्यो । 

मङ्गलबार पहिलो खेल लुम्बिनी र गण्डकी प्रदेशबीच तथा दोस्रो खेल सुदूरपश्चिम र गण्डकी प्रदेशबीच हुने आयोजक जिल्ला भलिबल सङ्घले जनाएको छ । 

प्रतियोगितामा मधेस र कर्णालीबाहेक कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमले सहभागिता जनाएको छ । यही चैत २८ गतेसम्म हुने    उक्त प्रतियोगिताको विजेताले रु तीन लाख, दोस्रोले रु एक लाख ७५ हजार, तेस्रोले रु ८० हजार तथा चौथो हुने टोलीले रु ४० हजार पुरस्कार प्राप्त गर्ने आयोजक जिल्ला भलिबल सङ्घका अध्यक्ष विन्द्रकुमार तामाङले जानकारी दिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार