
अर्घाखाँची, चैत २४ :
अर्घाखाँचीमा आज (आइतबार) बिहान जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् ।
मालारानी गाउँपालिका ३ ढुङ्गाडेस्थित लुटीपोखरी- खनदहको भित्री सडकखण्डमा जिप दुर्घटना भएको हो ।
लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु.२च २९९० नम्बरको सिङ्गल क्याब जिप अनियन्त्रित भई सडकबाट करिब २५० मिटर तल खसेको थियो ।
दुर्घटनामा सख्त घाइते भएका चालक दिलीप खनाल र बालकृष्ण रिजाललाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएकोमा बिहान ५:५५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
अन्य दुई जना घाइतेलाई थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ ।