
खोटाङ, भदौ १२ :
खोटाङको हलेसी तुवाचुङ नगरपालिका ३ च्याम्टिारस्थित बाङमाका दुई बालबालिकाको सिँचाइ पोखरीमा डुबेर मृत्यु भएको छ ।
च्याम्टिारस्थित बाङमाका स्थानीय गइन्द्र राईको छ वर्षीय छोरा सङ्गम राई र तीन वर्षीया छोरी समृद्धि राईको सोमबार साँझ सिँचाइ पोखरीमा डुबेर मृत्यु भएको हो ।
दिनभर घरैमा खेलिरहेका दाजुबहिनी बेलुकी पख हराएपछि खोजी गर्नेक्रममा घरदेखि केही पर रहेको भुतिया खोला नजिकै बनाइएको सिँचाइ पोखरीमा डुबिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभयो ।