शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

परराष्ट्रमन्त्री र बिमस्टेकका महासचिवबीच शिष्टाचार भेट

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २० चैत, २०८१ मा प्रकाशित
परराष्ट्रमन्त्री र बिमस्टेकका महासचिवबीच शिष्टाचार भेट
काठमाडौँ, चैत २० :

परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास, बिमस्टेकका महासचिव इन्द्रमणि पाण्डेले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

छैठौँ बिमस्टेक समिटका लागि थाइल्याण्डको राजधानी बैंककमा रहेकी मन्त्री डा राणा र महासचिव पाण्डेबीच आज भेटवार्ता भएको हो । भेटका क्रममा मन्त्री डा राणाले क्षेत्रीय शान्ति र एकताका लागि बिमस्टेकको प्रमुख भूमिकालाई नेपालले स्वीकार गरेको र यस क्षेत्रको सामूहिक समृद्धिका लागि बिमस्टेकको सिद्धान्त तथा उद्देश्यप्रति नेपाल प्रतिबद्ध रहेको बताइन् ।

मन्त्री डा राणाले आसन्न छैठौँ शिखर सम्मेलनले यस क्षेत्रका समस्याको दिगो समाधानका क्षेत्रमा सामूहिक प्रयासका प्रसस्त विकल्प प्रस्तुत गर्नेमा आफू आशावादी रहेको धारणा राखिन् ।  

भेटमा उनले बिमस्टेक क्षेत्रमा जलवायु परिवर्तन, प्राकृतिक बिपत्ति, उर्जा सङ्कट, गरिबी, मानवको अवैध ओसारपसार, आतङ्कवादजस्ता कैयौँ समस्या विद्यमान रहेकाले तिनको समाधानका क्षेत्रमा बिमस्टेकले सामूहिक सहकार्यको मोडललाई प्रभावकारी रुपमा अघि बढाउनुपर्ने सुझाव दिइन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार