काठमाडौं, चैत १९ :

राप्रपा सांसद दीपक बोहोराको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक सकिएको छ ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठक सांसद बोहोराको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिएको हो ।

पोस्टकोभिडका कारण घाँटीमा क्यान्सर भएका बोहोराको  ७४ वर्षको उमेरमा मंगलबार बिहान ११ बजे चाबहिलस्थित ओम अस्पतालमा निधन भएको थियो ।

बोहोरा भाषण नगरेरै चुनाव जितेका नेता हुन् । २०७९ सालको संघीय चुनावमा बहालवाला तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गर्दै बोहोरा रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए ।