काठमाडौँ, चैत १८ :
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका दीपकराज जोशी विजयी भएका छन् ।
सोमबार भएको निर्वाचनमा जोशीले ७ सय ८९ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुका सिद्धान्त भट्टले ७ सय ८१ मत प्राप्त गरे ।
त्यस्तै तेस्रो स्थानमा रहेका अखिल क्रान्तिकारीका प्रविन दाहालले ७ सय २७ मत ल्याए । त्यस्तै स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्काले ५ सय १७ र पद्मा भुसालले १६६ मत प्राप्त गरे ।
स्ववियुका अन्य पदाधिकारीमा भने अनेरास्वियुका उम्मेदवार विजयी भएका छन् ।
त्रिवि केन्द्रीय क्याम्पसमा जम्मा मतदाता संख्या ६ हजार १ सय ४६ रहेको थियो । जसमध्ये सोमबार ३ हजार १ सय १८ विद्यार्थीले मतदान गरेका थिए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’