शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’ #सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’
राजनीति भिडियो

राष्ट्रिय सभाको रोस्ट्रमबाट सञ्चारमन्त्रीले किन मागे माफी ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १८ चैत, २०८१ मा प्रकाशित
राष्ट्रिय सभाको रोस्ट्रमबाट सञ्चारमन्त्रीले किन मागे माफी ?
काठमाडौं, चैत १८ :

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय सभा समक्ष माफी मागेका छन् ।

राष्ट्रिय सभाको सोमबारको बैठकमा उनले आफ्नो अभिव्यक्तिका कारण सांसदहरूको मनमा चोट परेको भए क्षमा माग्दै आगामी दिनमा शैली सच्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

विगतको छलफलमा आफूले प्रयोग गरेका शब्दहरुले सांसदहरुको भावनामा चोट पुग्यो महसुस गर्दै गुरुङले शैली सच्याउने प्रतिबद्धता जाहेर गरेका हुन् ।

कसैलाई होच्याउने आफ्नो मनसाय नभएको जनाउँदै उनले कहिलेकाहीँ फरक सुनिन सक्ने बताए ।

‘विगतको छलफलमा मैले जेजे शब्दहरू प्रयोग गरेँ,  त्यसले तपाईंहरूको भावनामा साह्रै चोट पुग्यो भने फिल भयो,’गुरुङले भने, ‘मेरो यो शैलीले गर्दा तपाईंहरूलाई चोट लागेछ भने म आफ्नो शैली सच्याउने प्रतिबद्धता जाहेर गर्दछु ।’
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार