शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ #टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ
राजनीति भिडियो

सम्झौता भंग गर्ने पूर्वराजालाई सेवासुविधा दिइरहन आवश्यक छैन : योगेश भट्टराई

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १८ चैत, २०८१ मा प्रकाशित
सम्झौता भंग गर्ने पूर्वराजालाई सेवासुविधा दिइरहन आवश्यक छैन : योगेश भट्टराई
काठमाडौं, चैत १८ :

नेकपा एमालेका सांसद योगेश भट्टराईले सम्झौता भंग गर्ने पूर्वराजा  ज्ञानेन्द्र शाहलाई सेवासुविधा दिइरहन आवश्यक नभएको बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा भट्टराईले उनलाई दिएको सेवासुविधा राज्यले खोस्नुपर्ने बताए । शाहले  चैत १५ गते काठमाडौंमा भएको प्रदर्शनमार्फत सम्झौता भंग गरेको भट्टराईको भनाइ थियो ।

‘उहाँलाई सम्झौता गरेर नारायणहिटीबाट निर्मल निवासमा पठाउँदा पूर्वराष्ट्राध्यक्षको रूपमा सेवा सुविधा दिइएको हो। त्यो सम्झौता निर्मल निवासमा बसेर भंग गर्नुभयो,’उनले भने, ‘अब उहाँलाई सुविधा दिन आवश्यक छ कि छैन, सोच्नुपर्छ ।’

उनले दुर्गा प्रसाईंलाई लफंगाको संज्ञा दिँदै पूर्वराजाले लफङ्गाहरूलाई प्रदर्शनको नेतृत्व गर्न लगाएर जनताको घर जलाउन पठाएको बताए। यसर्थ तीनकुने घटनाको जिम्मा पूर्वराजा ज्ञानेन्द्र शाहले नै लिनुपर्ने भट्टराईको जिकिर थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार