शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार विदेश

म्यानमार भूकम्पमा मृत्यु हुनेको संख्या १६ सय नाघ्यो, १५० भन्दा धेरै बेपत्ता

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १७ चैत, २०८१ मा प्रकाशित
म्यानमार भूकम्पमा मृत्यु हुनेको संख्या १६ सय नाघ्यो, १५० भन्दा धेरै बेपत्ता
Photo: BBC Hindi
चैत १७ :

म्यानमारको सैन्य परिषद्ले शुक्रबारको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १६४४ पुगेको जनाएको छ ।

सैन्य नेताहरूले भूकम्पबाट घाइते हुनेको संख्या बढेर ३४०८ पुगेको र अझै १५० भन्दा धेरै बेपत्ता रहेको बताएका छन् ।

यसअघि म्यानमारको सैन्य शासन प्रमुख मिन आङ ह्लाइङले मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने बताएका थिए ।

भूकम्पको केन्द्रबिन्दु नजिकै रहेको शहर मन्डलेमा ६९४ भन्दा बढीको मृत्यु भएको छ । जबकि राजधानी नेपिडमा ९४ जनाको मृत्यु भएको छ ।

म्यानमारमा शुक्रबार शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको थियो। ७. ७ तीव्रता रहेको उक्त भूकम्पको धक्का छिमेकी देश थाइल्याण्डको राजधानी बैंककसम्म महसुस गरिएको थियो । 

थाइल्याण्डमा भूकम्पका कारण ६ जनाको मृत्यु भएको छ भने  एक सय जना कामदार बेपत्ता रहेको बीबीसीले उल्लेख गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार