शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे #प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे
राजनीति

भोलि हुने दुवै प्रदर्शनमा रास्वपा सहभागी नहुने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १४ चैत, २०८१ मा प्रकाशित
भोलि हुने दुवै प्रदर्शनमा रास्वपा सहभागी नहुने
काठमाडौं, चैत १४ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि काठमाडौंमा हुने गणतन्त्र पक्षधर र राजावादी पक्षको प्रदर्शनमा पार्टीको सहभागिता नहुने जनाएको छ । पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले प्रदर्शनमा सहभागी नहुने बारेमा प्रस्ट पारेका हुन् ।

भोलिका दुवै प्रदर्शन सरकारविरोधी भन्दा पनि व्यवस्थाको पक्ष र विपक्षमा भएकाले आफ्नो पार्टी सरिक नहुने रास्वपाको तर्क छ ।

रास्वपाले यसअघि गत १२ चैतमा विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुने विज्ञप्तिमार्फत जनाएको थियो । 

त्यसबेला रास्वपाले विज्ञप्तिमा भनेको थियो, ‘भ्रष्टाचारी जोगाउने र बिचौलिया पोस्ने जगमा बनेको यस सरकारको विरोधमा गरिने शान्तिपूर्ण कार्यक्रमहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व, सहभागिता एवं ऐक्यबद्धता हुनेछ ।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार