शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश मधेस प्रदेश

पाँच करोड बढि राजस्व चुहावट गरेका दुई कम्पनीविरुद्ध मुद्दा दायर

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १४ चैत, २०८१ मा प्रकाशित
पाँच करोड बढि राजस्व चुहावट गरेका दुई कम्पनीविरुद्ध मुद्दा दायर
पर्सा, चैत १४ :

पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले पाँच करोड सात लाख ९४ हजार ९८२ राजस्व चुहावटको माग दाबीसहित दुई कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । 

राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माका अनुसार बुधबार अमायरा वस्त्रालयका सञ्चालक चन्दन गुप्ता र शिवशान्ति कन्स्ट्रक्सनका सञ्चालक सञ्जयकुमार कुर्मीको कम्पनीले राजस्व चुहावटको कसुर गरेको मागदाबीसहित उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा अभियोगपत्र दायर गरेको हो ।

अमायरा वस्त्रालयका सञ्चालक  जितपुर सिमरा उपमहानगर- ७ का चन्दन गुप्ताले विजक नै जारी नगरी गलत विवरण बुझाई कपडाको कारोबार गरी राजस्व चुहावटको कसुर गरेको हुँदा कपडाको आयकरतर्फ एक करोड ६५ लाख ६० हजार पाँच सय ९३ र मूल्यअभिवृद्धि करतर्फ रु ५८ लाख ३७ हजार छ सय ८३ गरी कूल रु दुई करोड २३ लाख ९८ हजार दुई सय ७६ बिगो कायम गरिएको उनले जानकारी दिए । 

उक्त कार्यालयले सञ्चालक गुप्तालाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ (१) बमोजिम बिगो असुलउपर गरी बिगोको शतप्रतिशत जरिवाना गरी हुन आउने चार करोड ४७ लाख ९६ हजार पाँच सय ५३ र कैद सजाय हुन मागदाबी लिई अभियोगपत्र दर्ता गरेको हो । 

यसैगरी वीरगञ्ज महानगर- १६ का सञ्जयकुमार कुर्मीले शिव शन्ति कन्स्ट्रक्सनले दोहोरो रसिदमार्फत कारोबार गरेर राजस्व चुहावट गरेको कसुरमा बिगोतर्फ रु १९ लाख ६० हजार १५१ र मूल्यअभिवृद्धिकरतर्फ बिगो १० लाख ३९ हजार ६३ गरी २९ लाख ९९ हजार  २१४ को शतप्रतिशत जरिवाना गरी ५९ लाख ९८ हजार चार सय २८ र कैद सजाय हुन मागदाबी लिई अभियोगपत्र दर्ता गरेको छ । 

अस्थायी इजलासमा हालसम्म राजस्व चुहावटसम्बन्धी ११ वटा र विदेशी विनियम अपचलनसम्बन्धी आठ वटा मुद्दा दर्ता भएका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार