काठमाडौं, चैत १३ :

इटहरीको सेन्टर प्लाजामा आगलागी भएको छ । बिहान करिब साढे ९ बजेदेखि आगलागी हुँदा त्यहाँ फसेका पाँच जनाको उद्धार गरिएको छ ।

आगलागी भएको तलामा केही मानिस फसेको आशंका काठमाडौंबाट गएको हेलिकोप्टरबाट  उद्धार गरिँदै छ । आगलागी भएको तलामा क्यूएफएक्स सिनेमा हल तथा एक होटल सञ्चालनमा रहेका छन्।  

केही मानिसलाई सुरक्षााकर्मीले डोरीको सहायताबाट तल झारिरहेका छन् । उनीहरुको उद्धारको लागि हेलिकोप्टर पठाइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। 
आगलागी नियन्त्रणका लागि  नेपाली सेना र प्रहरीले, इटहरी, दुहबी, रामधुनी, सुन्दरहरैचा लगायत स्थानीय तहका आधा दर्जनभन्दा बढी दमकलको प्रयोग गरिएको छ । आगलागीको कारण र क्षतिको विवरण खुल्न नसकेको प्रहरीले जनाएको छ।