बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन #नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन
समाचार अर्थतन्त्र कर्पोरेट

स्विट्जरल्यान्डका पर्यटकलाई नेपाल भ्रमणको निम्तो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १३ चैत, २०८१ मा प्रकाशित
स्विट्जरल्यान्डका पर्यटकलाई नेपाल भ्रमणको निम्तो
काठमाडौँ, चैत १३ :

स्विट्जरल्यान्डको जेनेभामा नेपालको पर्यटन प्रवर्द्धन गर्दै स्विस नागरिकलाई नेपाल भ्रमणको निम्तो दिइएको छ । 

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घका लागि नेपाल स्थायी मिसन, जेनेभाको सहकार्यमा आयोजित ‘नेपाल नाइट’मार्फत स्विट्जरल्यान्डका पर्यटकलाई नेपाल भ्रमणका लागि आग्रह गरिएको हो । 

जेनेभमा सोमबार सम्पन्न नेपाल नाइटको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले नेपालका प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, साहसिक पर्यटनका अवसर तथा नेपाली आतिथ्य संस्कृतिको विशेषता प्रस्तुत गर्दै स्विट्जरल्यान्डका पर्यटकलाई नेपाल भ्रमण गर्न आह्वान गरेको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ ।

सचिव सिंहले नेपाल र स्विट्जरल्यान्डबीच सन् १९५६ देखि कायम कूटनीतिक सम्बन्धको चर्चा गर्दै यी दुई देशका भौगोलिक समानता र स्विट्जरल्यान्डले नेपालको पूर्वाधार, प्रविधि तथा पर्यटन प्रवर्द्धनमा पुर्याएको योगदानलाई  स्मरण गरे । उनले प्रसिद्ध स्वीस भूगर्भविद् तथा अन्वेषक डा टोनी ह्यागेनले नेपाललाई विश्वसामु चिनाउन गरेको योगदानको प्रशंसासमेत गरेका थिए । 

बोर्डका वरिष्ठ प्रबन्धक खड्गविक्रम शाहले नेपालको पर्यटकीय विविधता, रमणीय भू- दृश्य, पर्यटनका नयाँ पहल तथा नीतिसम्बन्धी विस्तृत प्रस्तुति दिए । पर्यटन विभागका महानिर्देशक नारायणप्रसाद रेग्मीले नेपालमा थप स्वीस पर्यटक तथा लगानीकर्तालाई स्वागत गर्न नेपाल पूर्ण रूपमा तयार रहेको जानकारी गराए । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार