काभ्रे, भदौ १० :

अविरल वर्षासँगै आएको पहिरोका कारण आज बिहानदेखि अवरुद्ध रहेको अरनिको राजमार्ग र जिरोकिलो मेलम्ची सडक खण्ड सुचारु भएको छ ।

वर्षासँगै आएको पहिरोको कारण अवरुद्ध रहेका दुवै सडकमा आएको पहिरो र रूख हटाइएसँगै सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ । 

अरनिको राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका- ८ बन्देउमा र हेलम्बु राजमार्गको पाँचखाल नगरपालिका- ४ स्थित फेदीमा सुक्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो ।