शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति

महिलालाई अवसर दिने हो भने सफल प्रधानमन्त्री बन्न सक्छन् : मन्त्री यादव

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ११ चैत, २०८१ मा प्रकाशित
महिलालाई अवसर दिने हो भने सफल प्रधानमन्त्री बन्न सक्छन् : मन्त्री यादव
काठमाडौं, चैत ११ :

खानेपानी मन्त्री प्रदीप यादवले महिलालाई अवसर दिइएको खण्डमा उनीहरुले देशको नेतृत्व गर्ने क्षमता राख्ने बताएका छन्। काठमाडौंमा सोमबार आयोजित ‘महिला नेतृत्व : अवस्था, अवसर र चुनौती’ विषयक अन्तरक्रिया गोष्ठीमा  उनले महिलाहरु कमजोर नभई सक्षम र समृद्ध राष्ट्र निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।

मन्त्री यादवले नेपालको इतिहासमा राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख र मुख्यसचिव जस्ता महत्त्वपूर्ण पदहरु महिलाले सम्हाल्दा सफलता हासिल गरेको समेत उदाहरण दिए। ‘यसबाट स्पष्ट छ कि महिलाहरु कमजोर छैनन्,’ उनले भने, ‘अवसर दिने हो भने महिलाले प्रधानमन्त्रीको पदसमेत राम्रोसँग सम्हाल्न सक्छन्।’

उनले महिला नेतृत्वको महत्वका बारेमा चर्चा गर्दै, खानेपानी उपभोक्ता महासंघको अध्यक्षसँग ४२ हजार उपभोक्तामध्ये १ हजार महिला अध्यक्ष अनिवार्य राख्ने निर्णय गर्न आग्रह गरे। यसले महिलाको नेतृत्वलाई प्रोत्साहन गर्ने र समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।

यादवले यस अवसरमा नेपालमा महिलाहरु शिक्षामा धेरै अघि बढिसकेका छन् भन्ने तथ्यलाई पनि जोड दिएका छन्। महिलालाई समाजका सबै क्षेत्रमा बराबरी अवसर दिनुपर्ने र यसले देशको समग्र विकासमा ठूलो योगदान पुर्याउने वक्ताहरुले जोड थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार