रामेछाप, भदौ १० :
रामेछापको दोरम्बा- शैलुङ गाउँपालिका- ३ मा पहिरोमा परेर २ जानको मृत्यु भएको छ । पहिरोमा परेर ८ जना बेपत्ता भएका छन्
पहिरोमा परेर मृत्यु भएका २ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
मृत्यु हुनेमा एक जना बालक रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी प्रदीपकुमार सिंहले जानकारी दिनुभयो ।
शनिबार राति भीषण वर्षापछि आएको पहिरोले टोकरपुर लेकखर्कको ४ वटा घर बगाएको प्रारम्भिक जानकारी आएको उहाँले बताउनुभयो ।
पहिरोले गाउँपालिकाको वडा नम्बर २ र ३ जोडने ढाईगाउँ खोलाको पक्की पुल समेत बगाएको छ ।
घटनास्थलमा प्रहरीको टोली गैसकेको र पहिराले पुर्याएको क्षतिबारे थप विवरण आउन बाँकी रहेको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’