काठमाडौँ, चैत ११ :
प्रमुख तीन दलका शीर्ष नेताको बैठक आज (सोमबार) बस्दै छ ।
सिंहदरबारमा अपराह्न ४ बजे बस्ने तय भएको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शिर्ष नेताहरूबीच छलफल हुन लागेको हो ।
बैठकमा संक्रमणकालीन न्यायबारे दलहरुबीच छलफल हुने बुझिएको छ ।
माओवादीको तराई- मधेस जागरण अभियानमा व्यस्त रहेका अध्यक्ष पुष्पकमल दाहाल फर्किएसँगै दलहरुबीच संक्रमणकालीन न्यायमाथिको विवाद टुंग्याउने गरी दलहरुबीच छलफल हुन लागेको हो ।
संक्रमणकालीन न्यायका बारेमा अवरुद्ध प्रक्रिया अघि बढाउने प्रयास स्वरुप तीन दलका शीर्ष नेताहरुको बैठक बोलाइएको जनाइएको छ ।
बैठकमा राजावादीहरुको प्रदर्शन र पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता लगायतकाबारेमा पनि छलफल हुने बुझिएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
राष्ट्रपतिसँग सभामुखको भेटवार्ता, संसद् अधिवेशन आह्वान गर्ने विषयमा छलफल
पञ्चायकालीन समयमा एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति श्रद्धाञ्जली
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’