शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार लुम्बिनी प्रदेश

अन्तरिक्षमा फसेका यात्रीहरू अर्को बर्ष फर्कने

· आइतबार, १० भदौ, २०८१ मा प्रकाशित
अन्तरिक्षमा फसेका यात्रीहरू अर्को बर्ष फर्कने
काठमाण्डौं, भदौ १० :

दुई महिनाभन्दा बढी समयदेखि अन्तरिक्षमा अड्किएका नासाका दुई अन्तरिक्ष यात्रीहरू २०२५ फेब्रुअरीमा पृथ्वीमा फर्किने भएका छन् ।

अन्तरिक्ष यात्री सुनिता विलियम्स र ब्यारी विल्मोरले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) को यात्रा गरेका बोइङ स्टारलाइनर अन्तरिक्ष यान ‘बिना क्रु’ पृथ्वीमा फर्किने नासाले जनाएको छ।

यो जोडीले जुन ५ मा आठ दिनका लागि मिशनको रूपमा योजना बनाएको थियो तर अब करीब आठ महिना अन्तरिक्षमा नै बिताउनेछन्।

स्टारलाइनरले आईएसएस जाने बाटोमा समस्या देखिएको थियो । बोइङ र स्पेसएक्स दुवैलाई नासाले आफ्ना अन्तरिक्ष यात्रीहरूका लागि व्यावसायिक अन्तरिक्ष उडानहरू उपलब्ध गराउन अर्बौं डलर खर्च गरेको थियो ।

बोइङको मूल्य ४.२ बिलियन डलर हो भने अर्बपति एलोन मस्कले स्थापना गरेको स्पेसएक्सले २.६ बिलियन डलर पाएको थियो।

स्पेसएक्सले हालसम्म नासाका लागि नौ जना चालक दलका उडानहरू अन्तरिक्षमा पठाईसकेको छ । साथै केही व्यावसायिक मिसनहरू पनि पठाइसकेका छन् तर यो बोइङको चालक दलको मिसनमा पहिलो प्रयास थियो ।

बोइङ र नासाका इन्जिनियरहरूले स्टारलाइनर क्राफ्टमा उत्पन्न प्राविधिक समस्याहरू बुझ्ने प्रयासमा महिनौं समय बिताएका छन्।

उनीहरुले दुबै अन्तरिक्ष र पृथ्वीमा डाटा संकलन गर्दै परीक्षण पनि गर्दै आएका छन्। स्टारलाइनरमा अन्तरिक्ष यात्रीहरूलाई सुरक्षित रूपमा घर फर्काउने प्रयासमा नासाका इन्जिनियरहरु छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार